हिरासतबाट फरार दुई अभियुक्त पुनः पक्राउ

काठमाडौँ, २६ असार । महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

असार २३ गते हिरासत कक्षको शौचालयको ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई महाशाखाबाट खटिएको टोलीले बौद्धबाट पुनः नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको दुवैसँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com