करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी, २६ असार । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार राति इटहरी उपमहानगरपालिका–४ मा करेन्ट लागेर कालाबञ्जर घर भई इटहरीको विश्व आदर्श कलेजमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २९ वर्षीय महेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति १२ बजे सोही ठाँउमा रहेको खोल्सीमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com