‘जङ्गली राज’ वर्तमान अवस्थामा चल्दैन, हिसां गर्ने नै त्यसको शिकार : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउँदै हिसां गर्ने नै त्यसको शिकार बन्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ । यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।”

खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको बताउँदै मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बताउनुभयो ।

कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठानेको भए त्यो गलत हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगरे हुन्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com