‘इन्दु कि जवानी’मा कियरा अनुवन्धित

एजेन्सी, ८ साउन । बलिउड नायिका कियरा अड्वानी फिल्म ‘इन्दु कि जवानी’मा अनुबन्धित भएकी छन ।

फिल्ममा उनले इन्दुको भूमिका निर्वाह गर्नेछिन् । निर्माण युनिटले कियराको जोडी पनि पक्का गरिसकेको छ । कियरासँग ‘स्टुडेन्ट अफ दि इअर २’मा काम गरेका कलाकार आदित्य सेयलले रोमान्स गर्नेछन् ।

अविर सेन्गुप्ताले निर्देशन गर्ने उक्त फिल्म ‘इलेक्ट्रिक एप्पल इन्टरटेन्टमेन्ट’ र ‘इम्मीत प्रोडक्सन’को व्यानरमा निर्माण हुनेछ । चाडै छायांकनको तयारीमा रहेको चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com