प्रियंकाले इन्स्टाग्रामको एउटै पोष्टबाट करोडौ कमाउँछिन् !

काठमाडौँ, १० साउन । बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक संजाल इन्स्टाग्रामबाट करोडौ रकम कमाएको खुलेको छ ।

हालै मात्र सार्वजनिक भएको इन्स्टाग्रामको सेड्यूलिंग टूल ‘होप्पर एचक्यू’को सूचीबाट उक्त रा सार्वजनिक भएको हो । जसमा, नायिका चोपडा १९ औं स्थानमा छिन् । नायिका चोपडालाई इन्स्टामा फलो गर्नेको संख्या ४ करोड ३० लाख भन्दा बढी छन् ।

रिपोर्ट अनुसार नायिका चोपडाले एउटा ब्रान्डको विज्ञापन गरे वापत २ लाख ७१ हजार डलर लिदै आएकी छिन् । नायिका चोपडाको फ्यान भारतमा मात्र नभएर विश्वभर छन् ।

उक्त सूचीमा अमेरिकाका गायक कायनी जेनर पहिलो स्थानमा छन् । जेनरले एउटा पोष्टका लागि १२ लाख ६६ हजार डलर लिने गरेका छन् । उनको १३ करोड भन्दा बढी फलोअर्स इन्स्टामा छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com