आइफा अवार्ड चीनमा हुने सम्भावना

काठमाडौँ, २३  साउन । नेपालमा विवादित बनेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)चीनमा हुने सम्भावना बढेको छ ।

उक्त कार्यक्रम बेइजिङमा हुने सम्भावना बढेको छ । स्रोतका अनुसार बेइजिङले कार्यक्रम आयोजना गर्न इच्छा देखाएको छ ।

गत असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको थियो । नेपाल पर्यटन बोर्डले पर्टन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको थियो ।

अवार्डमा आउने कलाकार, निर्देशक र निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने गरी कार्यक्रम तय भएको थियो । यो कार्यक्रम आयोजना गर्दा नेपाल सरकाको १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।

सरकारले नै यति धेरै रकम खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट विरोध भएको थियो । केपी शर्मा ओलीले भने भ्रमण वर्षलाई सफल पार्न पनि यो खर्च गरिन लागेको तर्क गरेका थिए । आइफा अवार्ड सन् २००० देखि हरेक वर्ष बलिउडका कलाकारहरुले आयोजना गर्दै आएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com