आज सुनचाँदको मूल्य

काठमाडौँ, २६ साउन । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com