लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौँ, २८ साउन । बाराबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका १० मटिअर्वामा चेकजाँच गर्ने क्रममा सोही उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुकलाई लागुऔषधसहित  प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट महोत्तरीको मनरा सिश्वा नगरपालिका १ का २३ वर्षीय नरेशकुमार मण्डल र १९ वर्षीय श्यामसुन्दर साहलाईलागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com