कांग्रेस नेता सिंह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट आज डिस्चार्ज भएका छन् ।

मेडिसिटी अस्पतालमा ८ दिन अगाडि हाइ सुगर, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि भर्ना भएका नेता सिंह स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्ज भएका हुन् ।

घर फर्कने क्रममा नेता सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सकको टिम, अस्पताल ब्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो राख्ने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाई, शुभचिन्तक, पार्टीका नेता कार्यकर्ता सबैलाई धन्यवाद दिएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com