साप्ताहिक सञ्जालका उपाध्यक्ष बराललाई आक्रमण गर्नेलाई तत्काल कार्वाही गर्न माग

चितवन, २८ साउन । साप्ताहिक सञ्जाल चितवन पत्रकार सूर्य बराल माथि भरतपुरमा दिनदहाडै आक्रमण गर्नेलाई कडा कार्वाही गर्न माग गरेको छ ।

साप्ताहिक सञ्जाल चितवनका उपाध्यक्ष समेत रहेका पत्रकार बराललाई भरतपुर महानगरपालिका ३ नारायणी दोभानमा रहेको आफ्नै घर नजिकको बारीमा आक्रमणकारी आएर सुर्य बराल भनेको तपाई नै हैन भन्दै एक्कासी हेल्मेट र बेल्चा प्रयोग गरि आक्रमण गरेकामा घटनाको एक विज्ञप्ती मार्फत घोर निन्दा गरेको छ ।

सञ्जालका अध्यक्ष नवराज ढकाल तथा महासचिव आचार्यद्धारा विज्ञप्तीमा हालसम्म दोषीलाई पक्राउ नगरेकोमा कडा आपत्ती प्रकट गरिएको छ, भने प्रेस स्वतन्त्रता माथि यसरी आक्रमण हुनुले चितवनको पत्रकारीतामा चुनौती थपिएको सञ्जालका अध्यक्ष ढकालले बताए । उनले दोषी छिटो पक्राउ नगर सञ्जाल आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

चितवनबाट नियमित प्रकाशन भईरहेको साप्ताहिक पत्रिकाहरुको संगठन हो सप्ताहिक सञ्जाल । पछिल्लो समय पत्रकार बराले भण्डाफोर अभियान साप्ताहिक मार्फत अवैध मिटर व्याजको धन्दा, गुण्डागर्दी, नक्कली चेक वाउन्स, ठगी अपराधको बिषयमा निरन्तर समाचार प्रकाशन गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com