बढ्यो सुनचाँदीको मुल्य

काठमाडौँ, २८ साउन । आज मंगलबार सुनचाँदीको मुल्य बढेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com