प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागी सिंगापुर प्रस्थान गरेका छन ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि आज १:३० बजे त्यस तर्फ प्रस्थान गरेका हुन ।

डा. दिव्यासिंह शाहले जारी गरेको विज्ञप्ति


प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने सचिवालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com