भक्तपुरमा तीजको रमाइलोःसूर्यविनायकको शिवसर्किटमा महिलाहरुको घुईचो

भक्तपुर, १६ भदौ। महिलाहरुको प्रमुखचाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । खास गरी सूर्यविनायक नगरपालिकाको शिवसर्किटमा विहानैदेखी महिलाहरुको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, सूर्यविनायक ९को नन्दकेश्वर महादेव,मन्दिरमा कलाकारको समेत व्यवस्थापन गरेको समितिका उपाध्उक्ष श्रीराम ब्यान्जुले जानकारी दिए ।आशापुरी महादेव मन्दिर, १०वडाको कैलाशनाथ महादेव मन्दिर, लटरम्वेश्र महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायतमा आज महिला दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ । सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा मन्दिर व्यवस्थापन समितिले दोहोरी गीतको आयोजना गरेको समितिका भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

डोलेश्वरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ । यस्तै श्रीकृष्ण प्रणामी सेवा समितिले सूर्यविनायक नगरपालिका, चित्तपोल १० स्थित श्री राधाकृष्ण सत्संघ भवनमा तीज बिशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा भजन किर्तन गर्नुका साथै बृद्धा हजुरआमाहरुसमेत छमछमी नाच्नुभएको समाजसेवी शुमित्रा थापाले जानकारी दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com