प्रभाष स्टारर ‘साहो’को आक्रामक कमाई

काठमाडौँ, १८ भदौ । सुपरस्टार प्रभाष अभिनित चलचित्र ‘साहो’ले बक्स अफिसमा सुरुवाती तिन दिनमा उत्कृष्ट कमाई गरेको छ ।

हिन्दी भाषामा समेत डब गरिएको यो फिल्मले ३ दिनमा करिब ८० करोडको कमाई गरेको छ । उक्त फिल्मले शुक्रबार २४ करोड, शनिबार २५ करोड र आइतबार २९ करोड माथिको व्यापार गरेको छ । तिन दिनमा चलचित्रले हिन्दी भाषामा ७९ करोडको कमाई गरेको छ ।

फिल्ममा नायिका श्रद्धा कपुरको पनि मुख्य भूमिका छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com