उपप्रधानमन्त्री पोखरेलद्वारा ‘प्रथम राष्ट्रिय कृषक अवार्ड वितरण हुँदै

काठमाडौँ, २४ भदौ । शिखर नेपालको आयोजनामा नेपालमै पहिलोपटक भइरहेको प्रथम राष्ट्रिय कृषक अवार्ड वितरण नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्नुहुने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभागृहमा भाद्र २८ गते दिउँसो २ बजे अवार्ड वितरण हुने शिखर नेपालका अध्यक्ष शेखर बाबु खनालले जानकारी दिनुभयो ।

नेपाल सरकार र किसान आयोगको सहकार्यमा सातै प्रदेशबाट उत्कृष्ठ छानिएका पाँच कृषकलाई अवार्डसहित नगद सम्मान गरिने अध्यक्ष खनालले जानकारी गराउनुभयो । ट्रफी र १५ हजार नगदसहित सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

उक्त अवार्ड कार्यक्रममा सातै प्रदेशका कृषकले हामीलाई भिडियो क्लिपका आधारमा संस्थाको कार्यविधि अनुसार छनौट गरेर सम्मान गर्न लागेको आयोजकले जनाएको छ ।

सरकारले कृषीलाई आधुनिकीकरण गर्दै लैजाने बताइरहेको बेला कृषक अवार्ड कार्यक्रमले आम किसानको मनोवल बढाएर लैजाने विश्वास लिएको अध्यक्ष खनालले विश्वास लिएको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com