बैंकमा रोक लागेपछि बिमा कम्पनीको ध्यान सहकारीतिर

काठमाडौँ, २४ भदौ । नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलेसी बिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन् । बिमा कम्पनीले व्यवसाय विस्तारका लागि सहकारीका संघहरुका साथै प्रारम्भिक संस्थाहरुसँग सम्झौता गर्न थालेका छन् ।

बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुका साथै सहकारीहरुलाई संस्थागत एजेन्ट बनाएर विभिन्न पोलेसीहरु बिक्री गर्दै आएका थिए । बैंकहरुले ऋणीलाई अनिवार्य बिमा गर्न बाध्य पारेको गुनासो बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई कडाई गरिसकेको छ ।

बैंकमा कडाइ गरेपछि बिमा कम्पनीहरुको ध्यान सहकारीतर्फ केन्द्रित भएको हो । यो समाचार कारोबार दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com