पाईपलाइनको उद्घाटनसंगैपेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौ२४ भदौ। पेट्रोलियम पदार्थको मुल्यमा दुई रुपैंया घटेको छ । मंगलबार दिउँसो १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर २ रुपैयाँ घटेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ, डिजेल र मट्टितेलको बिक्री मुल्य ९५ रुपैयाँ प्रतिलिटर तोकिएको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल भारत पेट्रोलियम पाइप लाइनको उद्घाटन सँगै पेट्रोलियम पदार्थको मुल्य घटेको जनाइएको छ ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयूत्त, रुपमा नेपाल भारतबाट गरेका छन ।
पेट्रोलियम पदार्थको मुल्य घटेसँगै यात्रुहरुले बसको भाडा घट्ने अपेक्षा लिएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com