डेंगु नियन्त्रणका लागि सूर्यविनायक नगरपालिकाको यस्तो छ अभियान

भक्तपुर,२४ भदौ । एक साता अघि मेयर बासुदेव थापाको अध्यक्षता डेगु रोग नियन्त्रण सम्बन्धी नगरपालिकामा नै अभिमुखीकरण कार्यक्रम सम्पन भएको थियो । सो कार्यक्रममा डेगु रोगवार भक्तपुका जनस्वास्थय प्रमुख कृष्ण मिजारले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडाअध्यक्षहरु र प्रत्येक वडामा रहेका स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थिया । त्यसरी नै यसबीचमा प्रत्यक वडा रहेका विद्यालयहरुमा रोगका वारे अभिमुखीकरण कार्यक्रम धमाधम भैराखेको छ । यसबीच नगरपालिकाले करिब २ सय वटा किट नै खरिद गरेर वडाका स्वास्थय चौकीहरु वितरण गर्ने भएको छ । त्यसले निःशूल्क परिक्षण गराउने भएको छ ।

त्यसरी नै प्रत्येक वडाले रोगका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ सचेतना मूलक कार्यक्रमहरु गर्न थालेका छन । यसैबीच वडा नं ले अरनिको हाइवेको पलाँसे चोकबाट रोगबारे वडाबासीहरुलाई जानकारी गराउने उद्देश्यका साथ सचेतना मूलक कार्यकम आयाृेजना गरिसकेको छ । कार्यक्रम माइकिङ,पोष्टर,पप्पिलेट लयायतका सामाग्रीहरुको प्रयाग गरिएको थियो ।

९ वडाका अध्यक्ष उपेन्द्र केसी र स्वाथ्यचौकीका ईन्चार्ज नरेश कुवँरकाअगुवाईमा सो वडाले डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको हो ।
टोल–टोलबाट उठौँ, वस्ती बस्तीबाटउठौँ, डेंगुविरुद्ध सर–सफाईमा जुटौँ, सबै मिलेर लडौँ’, ‘धनी गरिब केही भन्दैन डेंगु हो डेंगु’लगायतका प्लेकार्ड बोकेर पलासे देखी नन्दीकेश्वर महादेवस्थान सम्मपरिक्रमा गरेको थियो । कार्यक्रममा वडास्थित विद्यालयका शिक्षक शिक्षिका र विद्याथीहरु, विभिन्त्र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com