ओलीजीसँग अभूतपूर्व निकटता : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ, २५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धीका रुपमा अर्थ्याए ।

‘केही वर्षयता हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ,’ मोदीले भने, ‘पछिल्लो डेढभित्र मात्र मेरा मित्र प्रधानमन्त्री ओलीजी र मबीच चारपटक भेट भइसकेको छ ।’

उनले जनस्तरको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधार भएकोमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले काठमाडौँ र दिल्लीबाट एकैचोटि पाइपलाइनको स्वीच थिचेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com