आज सुनचाँदीको मूल्य

काठमाडौँ, २५ भदौ । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

आज सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ७१ हजारमै कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ७० हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी भने १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com