पब्जी खेल्न नदिएको भन्दै छोराले गरे बुबाको हत्या

एजेन्सी, २५ भदौ । भारतको कर्णाटकस्थित बेलगावीमा एक युवकले पब्जी खेल्न नदिएको भन्दै आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।

२१ वर्षीय रघुबीर कुम्भरले पब्जी खेल्न नदिएको भन्दै आफ्नै बाबुको हत्या गरेका हुन् । रघुबीरलाई पब्जी खेल्ने लत लागेपछि पढाईमा असर परेको भन्दै बाबुले छोरालाई सम्झाएका थिए ।  त्यसपछि छोराले आफ्नी आमालाई कोठाबाट बाहिर जान आग्रह गरे लगत्तै उनले आफ्नो बाबुको हत्या गरेका थिए ।

सो घटनापछि अभियुक्त युवककी आमा चिच्याउँदै घर बाहिर निस्केर छिमेकीलाई बोलाएकी थिइन । । तत्कालै छिमेकीले प्रहरीलाई खबर गरेपछि रघुबीरलाई प्रहरीले पक्राऊ गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com