सुशान्त र श्रद्धाको ‘छिछोरे’को उत्कृष्ट कलेक्शन

काठमाडौँ, २ असोज । बलिउड बक्स अफिसमा सुशान्त सिंह राजपुत र श्रद्धा कपुरको फिल्म ‘छिछोरे’ले उत्कृष्ट कलेक्शन गरिरहेको छ ।

अहिलेसम्म श्रद्धा र सुशान्तको ‘छिछोरे’ले बक्स अफिसमा १०० करोड क्ल्बमा इन्ट्री मारेको छ । ६ सेप्टेम्बरबाट रिलिज भएको ‘छिछोरे’ले१२ औं दिन (मंगलबार) फिल्मले १०० करोड क्ल्बमा इन्ट्री मारेको हो ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन ७.३२ करोड, दोस्रो दिन १२.२५ करोड, तेस्रो दिन १६.४१ करोड, चौथो दिन ८.१ करोड, पाचौं दिन १०.०५ करोड, छैटौं दिन ७.२० करोड, सातौं दिन ७.५० करोड, आठौं दिन ५.३४ करोड, नौं औं दिन ९.४२ करोड, दशौं दिन १०.४७ करोड, ११ औं दिन ४.०२ करोडको कमाई गरेको थियो । त्यस्तै १२ औं दिन ४.११ करोडको ब्यापार गरेको छ । यो फिल्मले अहिलेसम्म बक्स अफिसमा १०२.१९ करोडको ब्यापार गरिसकेको छ ।

नितेश तिवारीले निर्देशन गरेको फिल्ममा सुशान्त, श्रद्धाका अलवा नवीन शेट्टी, सहर्ष कुमार, ताहिर राज भसिन, तुषार पाण्डे, प्रतिक बब्बर लगाएत मुख्य भूमिकामा छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com