मैले सलमानलाई धोका दिएको होइनः प्रियंका चोपडा

एजेन्सी, ८ असोज । बलिउड अभिनेत्री प्रियंका चोपडाले नायक सलमान खानसँग कुनै दुश्मनी नरहेको बताएकी छन ।

फिल्म ‘भारत’ प्रियंकाले काम नगरेपछि नायिका कट्रिना कैफले उक्त फिल्ममा काम गरिन् । यही कुरालाई लिएर ‘भारत’ रिलिजको समयमा सलमानले प्रियंकाले धोका दिएको बताएका थिए ।

प्रियंकाले त्यो बेला आफ्नो बिबाहलाई कारण बनाएकी थिइन् । हाल नयाँ फिल्म ‘स्काई इज पिंक’को प्रचारमा रहेकी प्रियंकाले सलमानलाई धोका नदिएको बताइन् । उनले भनिन्–‘मैले सलमानलाई धोका दिएको होइनँ । मैले उनीसँग सल्लाहा गरेर नै चलचित्र छाडेको हुँ ।’

उनले थपेकी छिन्, ‘सलमान हाम्रो बिबाहको पार्टिमा पनि आएका थिए । उनको बहिनी मेरो मिल्ने साथी भएका कारण पनि म उनको घर पुगिरहेकी हुन्छु । हामीबीच कुनै पनि दुश्मनी छैन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com