बढ्याे सुनचाँदीको मूल्य

काठमाडौँ, १६ असोज । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुन आज ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको  छ भने तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com