नेप्से आज बढ्यो

काठमाडौँ, १६ असोज । आज बिहीबार बजार बन्द हुनुअघि नेप्से ८.६९ अंकले बढ्यो ।

यसदिन ११४०.७१ अंकबाट सुरु भएर बजार ११४९.४ अंकमा कायम भयो । नेप्से घटेपनि बजारमा कारोबार रकम निकै कम छ । दिनभर १७ करोड ६६ लाख रुपैयाँको मात्र सेयर किनबेच भयो । सोक्रममा १ सय ५६ कम्पनीका ६ लाख ४७ हजार कित्ता सेयर कारोबारमा आए ।

ट्रेडिङ समहको कारोबार नभएको दिन वित्त समूह ०.५७ प्रतिशतले ओरालो लागेको हो । यसदिन सोल्टि होटलको सबैंभन्दा बढी सेयरको किनबेच भयो । होटलको ३ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा सिद्धार्थ बैंकको पनि डेढ करोडको सेयर खरिदबिक्री भए ।

नेप्से बढेको दिन युनिलिभरको सर्किट ब्रेक भएको छ । कम्पनीको सेयर मूल्य एकैदिन १ हजार ८ सय ३५ रुपैयाँले बढेर प्रतिकित्ता २० हजार १ सय ८५ रुपैयाँ कायम भएको छ । यसदिन राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य पनि २ सय ८९ रुपैयाँ प्रतिकित्ताले बढेर प्रतिकित्ता ७ हजार ५ सय ८९ रुपैयाँ कायम भएको छ ।

नेप्से बढेपनि युनाइटेड फाइनान्सको सेयर मूल्य १९ रुपैयाँ अर्थात् सर्वाधिक ९.३१ प्रतिशतले घट्यो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com