एकअर्कालाई जोगाउन खोज्दा ६ हात्तीको मृत्यु

एजेन्सी, २० असोज । थाइल्याण्डको एउटा झरनामा  एकअर्कालाई जोगाउन खोज्दा ६ वटा हात्ती मरेका छन् ।

बीबीसीका अनुसार एउटा हात्तीको छा वामध्ये थाइल्याण्डको खाओ याइ नेशनल पार्कमा रहेको सो झरनामा चिप्लिएको थियो । त्यसलाई जोगाउने क्रममा अन्य हात्ती पनि मरेको अधिकारीहरुले अनुमान गरेका छन् । थाइल्याण्डको नेशनल पार्क डिपार्टमेन्ट, वाइल्ड लाइफ एण्ड प्लान्ट कन्जरभेसन (डीएनपी)का अधिकारीहरुले शनिबार ३ बजेतिर हात्ती त्यसतर्फ जाँदै गरेको देखेका थिए ।

तीन घण्टापछि तीन वर्षको छावाको शरीर हाइयु नरकको तल्लो भागमा फेला परेको थियो । ५ वटा अन्य हात्तीको शरीर पनि  छेउमा भेटिएको थियो । थाइल्याण्डमा करिब ७ हजार हात्ती रहेको अनुमान छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com