न्यायाधीशले अदालतभित्रै आफैंलाई गोली हाने

एजेन्सी, २० असोज । थाइल्याण्डमा एक न्यायाधीशले अदालततभित्र आफैंलाई गोली हानेका छन् ।

यला प्रान्तको अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए । लगतै न्यायापालिका निश्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ बाचन गरेका उनले अचनाक पेस्तोल निकालेर आफ्नै छातीमा गोली हानेका हुन् ।न्यायाधीश फिएन्चनाले पाँच जनालाई सफाइ लिएपछि इजलासमा भावुक सम्बोधन गरेका थिए ।

त्यसको फेसबुकमा प्रत्यक्ष प्रशारण समेत भएको थियो । उनले भनेका छन्, पाँच प्रतिवादीले अपराध गरेका होइन भनेर म भनिरहेको छैन । उनीहरुले गरेका हुनसक्छना् तर न्यायिक प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्छ । गलत व्यक्तिलाई दण्ड दिँदा उनीहरु बलिको बोका मात्र हुनसक्छन् ।’ उनको एउटा अस्पतालमा उपचार भइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com