आजको मौसम

काठमाडौँ, २० असोज । अहिले नेपालको पूर्वी र मध्य भूभागमा हल्का वर्षा भैरहेको छ भने पश्चिमी भूभागको मौसम भने आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही र पश्चिम पहाडी भेगका १,२ ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् । आज राति पनि केही ठाउँमा आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यो प्रक्रिया मंगलबारसम्म नै रहने तर निरन्तर पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com