मन्त्री भट्टराईद्वारा निर्माणाधिन गौतमबुद्ध हलको अवोलकन

काठमाडौँ, २१ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीमा निर्माणाधिन गौतमबुद्ध हलको अवलोकन गर्नुभएको छ ।

लुम्बिनी पुग्नु भएका मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० वर्षमा संघारमा निर्माणाधिन संरचना हेर्न पुग्नु भएको हो । आउँदो बुद्ध जयन्तीमा सन्चालनमा ल्याउने लक्षका साथ गौतम बुद्धको जन्मभूमी लुम्बिनीमा निर्माणाधीन लुम्बिनी अन्तराष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको निर्माण कार्य तिब्र गतिमा भईरहेको छ ।

मन्त्री नवमीका दिन विहान पुग्दा पनि काम धमाधम भईरहेको बताइएको छ । एकसाथ ५ हजार मानिस ध्यान गर्न सक्ने गरी निर्माण गरिदैछ । नवमीमा पुग्दा एक सय जनाभन्दा बढी श्रमीकहरु काममा ब्यस्त रहेको मन्त्री भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय लाग्दैनथ्यो । धन्यवाद निर्माण ब्यबसायी तथा कामदार मित्रहरुलाई ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com