सांसद जिसीद्वारा दशैंको शुभकामना

बागलुङ, २१ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली नेतृ तथा प्रतिनिधिसभाका मनकुमारी जिसीले नेपालीहरुको महान् चाड विजया दशमी (बडादशैँ)को उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण देशवासीको नाममा शुभकामना व्यक्त गर्नुभएको छ ।

सांसद जिसीले शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओली तथा नेकपाले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को महाअभियानलाई सार्थकता तुल्याउन बडादशैंले प्रेरणा प्राप्त गरोस् भनि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, ‘बडादशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान दिनुपर्छ । यस चाडले परिवार, छिमेक, आफन्तमा स्नेह, मायाममता र सद्भाव फैलियोस् ।’ सरकारले लिएको विकास र समृद्धिको पथको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भन्दै उहाँले समृद्धिको यात्रामा समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

चाडहरू बढी खर्चालु नहोऊन्, आफ्नो क्ष्मताभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुनुपर्ने भन्दै सांसद जिसीले दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड रहेको भन्दै सांसद जिसीले आफन्त र छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com