३०० उपसचिव र १०० सहसचिवको भर्ना खुल्दै

काठमाडौँ, २८ असोज । लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ ।

दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञापन आह्वान गर्न लागेको हाे । आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १०० सहचिव र ३०० उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ ।

आयोजका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधबार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिए । याे समाचार राजधानी दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com