अमेरिकामा तीन सवारी ठोक्किँदा दुई नेपालीको मृत्यु

काठमाडौँ, २८ असोज । अमेरिकामा तीन सवारी ठोक्किँदा दुई नेपालीको मृत्यु भएको छ ।

स्थानीय समाचार संस्था डब्ल्युसिएमसएच अनुसार शनिबार ओहायोको कोलम्बसमा सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा तीन वटा गाडी ठोक्किँदा दुई नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । यस्तै दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजना अवस्था गम्भीर छ ।

कोबी स्टिलवेलले हाँकेको कार विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो । यसैगरी स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा पनि बज्रिएको थियो । दुर्घटनामा २२ वर्षीया सिर्जना विश्वकर्माको माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

अर्को गाडीमा सवार खालेब वाट्सन र स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनाको पनि उपचार भइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com