ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु

एजेन्सी, २८ असोज । भारतको उत्तर प्रदेश मउमा ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु भएको छ ।

सोमबार बिहान मोहम्दाबादको बदलीपुर गाउँमा सिलिण्डर पड्किँदा २ तले घर भत्किएर १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिलिण्डर पड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com