काठमाडौँमा विद्यालयको छानो खस्दा दर्जनौ विद्यार्थी घाइते

काठमाडौँको एक निजी विद्यालयको छानो भत्किँदा ३९ जना विद्यार्थी घाइते भएका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको विद्याकुञ्ज इंग्लिश सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार घाइते सबैको उद्धार गरेर मेडिसिटी अस्पताल लगिएको छ । विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com