आइडल लामाले सांस्कृतिक मेलामा दमदार प्रस्तुति दिने

काठमाडौँ, २३ कार्तिक । नेपाल आइडल बुद्ध लामाले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा हुने सांस्कृतिक मेलामा दमदार प्रस्तुति दिने भएका छन ।

थाहा कला केन्द्र पालुङको आयोजनामा आउदो मंसिर २८ गते  हुने उक्त सास्कृतिक मेला आइडल बुद्ध लामा संगै स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति अन्तर्गत मारुनी नाच, संस्कृति झल्काउने स्थानीय बाजाहरुको समेत प्रस्तुति रहने थाहा कला केन्द्रको अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिएका छन ।

कला संस्कृति हाम्रो पहिचान,यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराको साथ स्थापना भएको केन्द्रले नेपाली मौलिक कला र संस्कृतिको संरक्षणको लागि महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com