फिल्म ‘धुपौरे’ बाट बाहिरिए अनमोल

काठमाडौँ, २३ कात्तिक । नायक अनमोल केसी फिल्म ‘धुपौरे’ बाट बाहिरिएका छन् ।

अनमोलले वर्कशप समेत सुरु गरिसकेका थिए तर कथामा परिवर्तन आएको कारण नायक केसीले  फिल्म छाडेको बताइएको छ ।

फिल्मको छायांकन मंसिरबाट सुरु गरिने भनिएको थियो । अनमोलले छोडेपछि साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ नबन्ने हल्ला चलिरहेको छ । तर निर्माता टोलीले भने फिल्मको भित्री काम भइरहेको जनाइएको छ ।

फिल्मको पोस्ट-प्रोडक्सनको काम भइरहेको निर्माता जयन श्रेष्ठले बतएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com