मिचिएको जमिन फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चालोस् : अभिनेत्री थापा

काठमाडौँ, २३ कार्तिक । अभिनेत्री रेखा थापाले नेपालको सिमाना मिचिएको बारेमा भारत सरकारसँग सार्थक पहल गर्न सरकारसँग माग गरेकी छन् ।

अभिनेत्री  थापाले सामाजिक सञ्जाल फेशबुकमा लेख्दै भनेकी छन, आज देशको एक टुक्रा जमिन मात्र होईन, हजारौं हेक्टर जमिन गुमेको छ । सिमाना मिचिएका समाचार सुन्दा के गरौं र कसो गरौं हुन्छ । वीर पूर्खाहरूको विरासत सम्झिँदा आजको पुस्ता कायरझैं लाग्छ । जाई नलाग्ने, आईलागे बाँकी नराख्ने वीरहरूका हामी सन्तानहरू देशको सिमाना फेरिदाँसम्म पनि कुम्भकर्णको निद्रामै छौं । सुस्ता, कालाकापानी, लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चालोस्। नक्कली राष्ट्रवाद अति भयो ।

भारतीय पक्षले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपियाधुरा र लिपुलेकको जमिन समावेश छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com