मेरो जित रवीन्द्रप्रतिको सम्मान हो : विद्या भट्टराई

पोखरा, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आफ्नो जीत स्व. रविन्द्र अधिकारीप्रतिको सम्मान भएको बताउँदै जनताले दिएको जनमतलाई आधार मानेर नै आगामी दिनमा पोखराको सेवामा समर्पित गर्ने उद्घोष गर्नुभएको छ ।

शनिबार भएको उपनिर्वाचनको मतगणनाबाट बिजयी हुनुभएपछि उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘यो जित कास्केली जनताको हो, रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’ पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उहाँले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा सहयोग गर्ने सबै दल र शुभचिन्तकलाई धन्यवाद दिनुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com