मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौँ, १६ मंसिर । मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको क्वालालम्पुरमा रहेको एमयूएजेड फोर्स एसडिएन विएचडि कम्पनीमा कार्यरत खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्र मलेसिया गएका सार्कीको बुधबार सुतेकै ठाउँमा मृत फेला परेको जानकारी आएको स्थानीय बाजिन्द्र विष्टले बताए ।

उनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com