हिउँआधिँमा परेर बिमान दुर्घटना हुदा नौ जनाको मृत्यु

काठमाडौँ, १६ मंसिर । संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका स्थानीय उद्धारकर्मीलर जनाएको छ ।

मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन् । कल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा बिमानका पाइलट पनि रहेका छन् । बिमानमा कूल १२ जना सवार थिए । उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com