बलात्कारको आरोपी सिद्धबाबा पक्राउ

विराटनगर, १६ मंसिर । बलात्कार अभियोग लागेका सिद्धबाबा जगत्गुरु कृष्णदासजी महाराजलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान करिब ४ बजे विराटनगर अस्पतालमा उपचारका लागि आइसीयूमा भर्ना भएका कृष्णदासजीलाई  सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माको टोलीले पक्राउ गरेको हो ।

बिहानै उनलाई एम्बुलेन्समा राखेर सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । सोमबार कार्यालय खुलेसँगै अदातलबाट अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाउने बताइएको छ ।

आइतबार नै प्रहरीले पक्राउ गर्ने तरखर गरिरहदाँ उनी एकाएक गाइनेको डिलक्ब रुमबाट स्वास्थ्यमा समस्या आएको भन्दै आइसीयूमा भर्ना भएका थिए । सो क्रममा प्रहरी नायव उपरीक्षक शर्माको टोली अबेरसम्म कृष्णदासजीलाई पक्राउ गर्ने नगर्ने अन्योलमा रहेको थियो । बेलुका नै टोली सुनसरी फर्किएपनि उनलाई पक्राउ गरिएको हो ।

एक महिला अनुयायीबाट बलात्कार आरोप लागेका कृष्णदासजी महाराजले आफूलाई फसाइएको बताउदै आएका छन् । उनले सार्वजनिक भएको अडियो समेत आफ्नो नभएको र सो आवाजसमेत अरु नै कसैको भएको दाबी गरेका प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com