जनताको विश्वासको मतमा सरकार अघि बढ्छः मन्त्री पोखरेल

काठमाडौ, १६ मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताएका छन ।

बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले भने, ‘सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।’

उनले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सयवटा गन्तव्य स्थान मध्ये एउटा गन्तव्य स्थानका रुपमा रहेको हुनाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्त्व्यका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

त्यस्तै काठमाडौ,महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माणको कार्य अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गतवर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यसवर्ष पनि रु एक–एक करोड छुट्याइएको बताए ।

उनले चालु आर्थिक वर्ष २०७६र७५को लागि कूल रु १५ करोड ८४ लाख ५३ हजार बजेट स्वीकृत भएको यस नगरपालिकले पक्की सडक तथा ढल निर्माण, वडा कार्यालय तथा मुख्य कार्यालय परिसर निर्माण, पार्क निर्माण, शिक्षा तथा स्वास्थ्य, मानवीय क्षमता विकास, सुरक्षा र सुशासनका लागि सेवा प्रवाह सुधारलागायत क्षेत्रमा प्राथमिकताकासाथ बजेट विनियोजन गरेको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com