३८ जना सवार चिलीको वायुसेनाको विमान बेपत्ता

एजेन्सी, २५ मंसिर । अन्टाक्र्टिकातर्फ उडेको ३८ जना सवार चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता बनेको छ ।

हर्कुलस सी१३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो । उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ ।

विमानमा कूल ३८ जना सवार रहेको जसमध्ये १७ जना चालक दलका सदस्य रहेको चिलीको वायुसेनाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । सम्पर्क विच्छेद भएसँगै विमानको खोजीमा उद्धार दल परिचालन गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com