मिस वर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ जित्दै अनुष्का पुगिन् शीर्ष ४० मा

काठमाडौँ, २६ मंसिर । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हाँसिल गरेकी छिन् ।

जीतसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको हेड टु हेड च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्कासँगै अन्य १० देशका सुन्दरीले हेड टु हेड च्यालेन्ज जितेका छन् जसमा मोल्डोभा, भेनेजुएला, नाइजेरिया, मेक्सिको, फिलिपिन्स, गुयाना, भारत, ट्रिनिड्याड एण्ड तोबागो र प्याराग्वे रहेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com