पुरस्कार नपाएपछि बीचैमा हिँडे शाहिद

एजेन्सी, २६ मंसिर । बलिउड नायक शाहिद कपुरको फिल्म कबीर सिंहलाई दर्शकले निकै रुचाएका छन् ।

फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेसगै फिल्म सन् २०१९ को हिट फिल्मको सूचीमा समावेश भयो ।

पिंकभिलाका अनुसार शाहिद कपुर एक अवार्ड कार्यक्रममा समावेश भएका थिए तर कबिर सिंहमा अभिनयका लागि उनलाई कुनै पनि अवार्ड दिइएन । जसका कारण उनी निकै रिसाए र कार्यक्रमलाई बीचमा नै छोडेर हिँडे । यसबाहेक शाहिद कपुरले कार्यक्रममा आफ्नो प्रस्तुती दिन पनि अस्विकार गरे ।

स्रोतका अनुसार शाहिद कपुर कार्यक्रम निर्मातासँग निकै रिसाए किनभने उनले कबिर सिंहबाट अभिनयको भिन्न स्केल सेट गरेका छन् । रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कपुर जुरुक्क उठे र कार्यक्रमबाट हिँडे । त्यहाँ उनले आफ्नो प्रस्तुती दिनु थियो तर उनले यस्तो गरेनन् ।

शाहिद अहिले फिल्म जर्सीको सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनीसँग बुवा पंकज कपूर पनि देखिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com