सरकारले तथ्यांक प्रणालीलाई अझ बलियो बनाउछ : मन्त्री खतिवडा

काठमाडौँ, २६ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले तथ्यांक ऐनमार्फत नेपालको तथ्यांक प्रणालीलाई अझ बलियो बनाउन लागिएको बताएका छन् ।

आज काठमाडौँमा विश्व बैंकद्वारा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडाले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए ।

यसअघि सन् २०००/२००१ लाई आधार मानेर गणना भइरहेकामा अब २००८/२००९ लाई आधार मानेर गणना गर्ने अर्थमन्त्री खतिवडाले बताए । कार्यक्रममा विश्व बैङ्कले सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांक अनुसार सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहनेछ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्वबैंकले उल्लेख गरेको छ । यस वर्ष सेवा क्षेत्रको वृद्धिदर ७.५ प्रतिशत रहने विश्वबैंकले बताएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com