बाटोमा लड्दा एक वृद्धको मृत्यु

धनकुटा, २५ मंसिर ।  धनकुटामा अचानक बाटोमा लड्दा एक वृद्धको मृत्यु भएको छ ।

बुधवार राति गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडेर घाईते भएका धनकुटा नगरपालिका-९ बेलहराका ६३ वर्षीय रिकमान तामाङको बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com