नेपाल बैंकले १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ, २६ पौष । नेपाल बैंकले १० प्रतिशत नगद लाभांश दिने भएको छ ।

शुक्रबार शसस्त्र प्रहरी बलको सभाहलमा बसेको ६० औं साधारण सभाले १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

बैंकले १० प्रतिशतका दरले ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने र चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय पनि पारित भएको छ ।

यस्तै बेंकले अधिकृत पूँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने र सोही अनुसार प्रबन्ध पत्रको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com