सभापोखरी : पवित्र धार्मिक एबं पर्यटकीयस्थल

तेज बहादुर ढकाल 

सभापोखरी संखुवासभा जिल्लाको सभापोखरी गाउपालिकामा अवस्थित छ । यो तालको लम्बाई २ सय मिटर र चौडाइ करिव १ सय मिटर जति छ। यो समुद्र सतहदेखि करीब ४१ सय मिटर उचाइमा छ । धार्मिक एबं पर्यटकीयस्थल सभापोखरीको संरक्षण र विकासका कुरा गर्दा हामीले धार्मिक तथा अध्यात्मिक र भौतिक दुबै पक्षलाई संगसंगै लैजान सक्नु पर्दछ । बिभिन्न कालखण्डमा लिएका तस्बीर हेर्दा हामीले कतै बिकासका नाममा यसको पबित्रता र मौलिकता त नष्ट गरिरहेका त छैनौं भन्ने अभास हुन्छ । यस तर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

अर्को कुरा सभापोखरी र आसपासका क्षेत्रको ऐतिहासिक, पौराणिक र धार्मिक पक्ष पनि ओझेल मै परेको देखिन्छ । खास यस स्थानमा कुन भगवान र देवताको आराधना गर्ने र के सिद्धि र बर माग्ने भन्ने पनि प्रश्ट ज्ञान र आस्था हुनु जरुरी हुन्छ । बुद्ध भन्नासाथ भोटे पो थिए की र रामण भन्नासाथ राक्षस पो थिए की भन्ने कोरा ज्ञानले हामीलाई न भूत न भबिश्यको बनाऊछ । यस तर्फ थप अध्ययन र अनुशन्धान गर्नु जरुरी छ ।

हिमालय पर्वतमा शिवशक्ति कै महिमा बढ़ी छ । तर पनि मिल्के जलजले र सभापोखरी क्षेत्र लाई ब्रम्हाको सृष्टीको उद्गमस्थलका रूपमा पनि लिन सकिन्छ । देवताहरूलाई समस्या पर्नासाथ पहिलो सरसल्लाह त ब्रह्मा जी संगै लिने गरेको पाईन्छ । यस क्षेत्रमा प्रत्येक बर्ष नयॉं नयॉं प्रजातिका प्राणी र वनस्पतिहरू पाईनाले ब्रम्हाको सृष्टी निरन्तर भैरहेको विश्वास गरिन्छ ।

श्री मार्कन्डेयपुराण देबी माहत्मयकाअनुसार उहिले सत्य युगमा अन्याय र अत्याचारको प्रतिक दानब राजा महिषासुरको बध गारि देबता हरुलाइ राज्य फिर्ता गरेपछी पनि कालान्तरमा फेरि दैत्यराज शूम्भ निशुम्भले देबताहरुलाई स्वर्गबाट पदच्युत गर्दछन । त्यसछी भौतारिदै हिडेका देबगणहरू सभा बसी छलफल गरी बिष्णुदेवीको आराधना गर्न हिमालय पर्वतमा गएको उल्लेखछ । यसरी देवताहरू हालको संखुवासभा जिललाको सभापोखरीमा सभा बसी तत्कालीन हिमालय अधिराज्यको राजधनी गिरिराज हिमालय पर्बत हालको राजारानी हिमालमा गई देबीको आराधना गरेको मान्न सकिन्छ ।

वालक्यापादमिन्यासे सबरूपधरोहर ।आत्मानं स्तंभयामास धरणिधृतिहेतवे ।।
सर्वभारसहोदेव सीतापादतलेस्थित। शवरूप विरूपाक्ष स्थिताभूतधराचरा ।।
अद्धूत रामायण ,त्रयोविंसति सर्ग (६९र७०) स्लोक

अद्भुत रामायणमा पाथीभरा मातालाई शान्त पार्न शिवजी सुतेको प्रसंग पनि उल्लेख भएको पाईन्छ । पाथिभराबाट झट्ट हेर्दा शिवजी सुतिरहेको प्रतित हुन्छ । अद्भुत रामायणमा सहस्रशीर्ष रावणले राम लक्षमणलाइ नागपासले बाँधेर लगे पछि सीताले कालीको रूपधारण गरेर धेरै राक्षसको हत्या गरेर उन्मत्त भै हिड्दै गरेकी कालीलाई शान्त गर्न सुतेका शिवजीलाइ पाउले टेकेपछी उनी शान्त भइन्। पाथिभरा देवी उनै काली हुन सक्ने सम्भवाना छ । यस तथ्यका आधारमा सहस्र शीर्स रावणालाइ मार्न सीताले धारण गरेको स्वरूप पाथीभरा र कालीलाइ शान्त गर्न शिवजी सुतेको शवरूप शीवरस्थान नै शव पोखरी, शिव पोखरी वा सभापोखरी हुन सक्ने प्रबल सम्भावना छ । यसबारे थप अध्ययन गर्नु जरुरी छ ।

साथै हिन्दु धर्मशास्त्रका अनुसार वेदब्यासले अठासी हजार सन्त र रिषिमुनीहरूलाई सभापोखरीका वरिपरी भेला गरि बीचको व्यासासनबाट यो लोकमा मोक्ष र परलोक वा स्वर्ग प्राप्तिका बारेमा पुराण बाचन गरेको प्रसंग पनि छ ।

यो पबित्रस्थलमा गाई स्नान गरि आराधना गरे मनबान्छित वर पाईने बिश्वास परापूर्बकाल देखि नै चलिआएको छ । मकालु र कन्चन्जन्गॉ दुबै हीमशृंखलाको अनुपम दृष्यवलोकन गर्दै लेकाली फुलको मनोरम दृष्य र सुगन्धसंगै बाटामा भेटिने याक र भेडासंगको जम्काभेट र प्रकृतिसंगको लुकामारी गर्दै अगाडि बड्ने यो यात्रामा बाटो कटेको पत्तै हुन्दैन । गुफपोखरि, चैनपूर, खाँद्बरी, बारहबिसे जताबाट पनि चाडोमा एक हप्ता समय लाग्ने यो तिर्थ यात्राका दौरानमा थप दुई दिन भेडी गोठ र याक गोठ्मा बिताऊन सके यात्रा थप मनोरम र अबिश्मरनीय हुन्छ ।

काठमाडौँ, पौष २६, २०६७

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com