इरानमा विमान दुर्घटनाबारे प्रदर्शन भइरहँदा ट्रम्प दिए यस्तो चेतावनी

एजेन्सी, २८ पौष । इरानका जनता विमान दुर्घटनामा झुटो बोलेको भन्दै रुहानी सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । भीडलाई नियन्त्रण गर्न पुलिसले आइतबार अश्रु ग्यास प्रहार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनबारे एकैदिन दुईवटा ट्वीट गर्दै भनेका छन, ‘राष्ट्रिय सुरक्षा सल्लाहकारले नयाँ प्रतिबन्धका कारण इरान निस्सासिएको छ र उनीहरु सम्झौता गर्न बाध्य भएका छन् । वास्तवमा उनीहरुले सम्झौता गर्छन् गर्दैनन् भनेर मलाई कुनै चिन्ता छैन । तर इरानी नेतालाई सन्देश छ कि न त उनीहरुले प्रदर्शनकारीको हत्या गरोस् न नै परमाणु हतियार बनाओस् ।’

‘हज्जारौंको पहिले नै हत्या गरिसकिएको छ वा जेलमा हालिसकिएको छ, त्यो सारा संसारले देखिरहेकै छ । सबैभन्दा महत्वपूर्ण कुरा त अमेरिकाले पनि देखिरहेको छ । आफ्नो इन्टरनेट सुरु गर र पत्रकारलाई स्वतन्त्रतापूर्वक घुम्न देउ । आफ्ना महान इरानीको हत्या गर्न बन्द गर ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com